default_image

3 years ago

March 7, 2023

कतारका मोहम्मद हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड कतारका खेलकुद पत्रकार मोहम्मद हिजीलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा हिजीलाई एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिएको हो । एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डसँगै उनले नगद ५० हजार प्राप्त गरे ।

खेल पत्रकारितामा तीन दशकभन्दा बढी अनुभव भएका हिजीले एआईपीएसको उपाध्यक्षको रूपमा लगातार तीन कार्यकाल काम गरेका थिए । कतारी नागरिक हिजीले १९९० देखि खेल पत्रकारिता सुरु गरेका थिए । हिजीले कतारमा आयोजना भएको २०२२ फिफा विश्वकपलाई विश्वभर प्रवर्द्धन गर्न प्रमुख भूमिका खेलेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.