default_image

3 years ago

March 8, 2023

अभि र रिकमलाई स्वर्ण

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् ।

अभी छात्र तथा रिकम छात्रामा पहिलो भएका हुन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको ३ हजार मिटर दौडको छात्रमा चन्द्रागिरी नगरपालिकाका हस्त सुनार र छात्रा काठमाडौं महानगरपालिकाकी आयुष्मा आचार्य तथा ८ सय मिटर दौडको छात्रमा बूढानीलकण्ठ नगरपालिकाका पवनराज वाइबा र छात्रामा चन्द्रागिरीकी डोल्मा तामाङ पहिलो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको त्रिपलजम्पको छात्रमा कीर्तिपुरका अशोकबहादुर बुढा र छात्रामा बूढानलीकण्ठकी एन्जल गुप्ता तथा सटपुटको छात्रमा गोकर्णेश्वर नगरपालिकाका मनोज श्रेष्ठ र छात्रा तार्केश्वरकी रानी मेहराले स्वर्ण जिते ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.