3 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु सुवाल तेश्रो भइन् ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको कलजेतर्फ नै पुरुष टिम इभेन्टमा लिभरपुलले गोल्डेनगेटलाई ३–१ ले फाइनलमा हराउदै पहिलो भयो ।
कोशी बहुमुखी क्याम्पस र धरान मेगा कलेज तेश्रो बने । सोही स्पर्धाको महिलामा प्राइम ग्लोबलले ख्वपलाई ३–० ले पाखा लगाउदै शीर्ष स्थान कब्जा ग¥यो । अक्सब्रिज इन्टरनेसनल कलेज र ह्वाइटफिल्ड तेश्रो बने ।
बहिरातर्फ पुरुष सिंगल्समा दिनेश महर्जनले प्रज्ज्वल बस्नेतलाई १०–१२, ३–११, ११–८, ११–९ र १२–१० ले पन्छ्याउदै पहिलो भए । उक्त स्पर्धाको महिलामा सारदा भुषाल पहिलो भइन् । सारदाले फाइनलमा सुलोचना खरेलमाथि ११–५, ११–३ र ११–२ को जित दर्ता गरिन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]