default_image

3 years ago

March 12, 2023

विनेश र संयोग फाइनलमा

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय विनेश खनियाँ र संयोग कपाली १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आइतबार भएको सेमिफाइनलमा विनेशले गल्कोपाखाका चन्दन शाहीलाई ५–११, १४–१२, ११–७, ११–३ र ११–५ तथा संयोगले एभीएम टेबलटेनिस क्लबका रुविन महर्जनलाई ११–५, ५–११, ११–७, ११–४ र ११–४ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ र रविना महर्जन उपाधिका लागि भिड्ने भएका छन् ।

प्रहरीकी नविताले आफ्नै क्लबकी यशस्वी अवाललाई ११–५, ११–७, ११–३ र ११–३ तथा सौभाग्य ज्वेलर्सकी रविनाले प्रहरीकी मन्जु सुवाललाई ११–९, ११–७, ५–११, ११–७ र ११–७ को सेटमा हराइन् ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा गल्कोपाखाका चन्दन पहिलो भए । उनले फाइनलमा गोड स्पिन टेबलटेनिस क्लबका मुकेश महर्जनलाई ११–६, ११–७ र ११–९ को सोझो सेटमा पराजित गरे ।

गोड स्पिनका राजिप महर्जन र खोल्चापुकुका सुशिल बज्राचार्य तेश्रो भए । व्हीलचेयरको पुरुष सिंगल्समा अर्पण चुनाराले फाइनलमा बरुण मगरलाई सीधा सेटमा ११–८, ११–३ र ११–५ ले पाखा लगाउदै पहिलो भए ।

उक्त स्पर्धाको महिलामा लाली तामाङले शीर्ष स्थान हात पारिन् । लालीले पेमा छोक्पालाई ११–५, ११–८ र ११–८ को सोझो सेटमा पन्छाइन् । स्टेन्डिङको पुरुष सिंगल्समा विवेक राईले शिव थापालाई ११–२, ११–४ र ११–५ ले पराजित गर्दै पहिलो भए ।

सोही स्पर्धाको महिलामा पूजा सोतीले फाइनलमा अनु थापालाई ११–७, ११–५ र ११–९ ले हराउदै पहिलो स्थानमा रहिन् । पुरुष खुला टिम इभेन्टमा प्रहरीले फाइनलमा एभीएमलाई ३–० ले पाखा लगाउदै पहिलो बन्यो । कान्तिपुर भ्याली पिङपोङ क्लब र एपीएफ क्लब तेश्रो बने । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.