3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । खुल्लातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नविता पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सोमबार भएको पुरुषतर्फको फाइनलमा संयोगले आफ्नै क्लबका विनेश खनियाँलाई ११–९, ७–११, १५–१३, १३–११ र १४–१२ को सेटमा पराजित गरे । एभीएम टेबलटेनिस क्लबका रुविन महर्जन र गल्कोपाखा सेवा समाजका चन्दन शाही तेश्रो भए ।
महिलाको उपाधि भिडन्तमा राष्ट्रिय च्याम्पियन नविताले सौभाग्य ज्वेलर्सकी रविना महर्जनलाई १–११, ११–३, ११–८, ११–४, ७–११ र ११–४ को सेटमा हराइन् । प्रहरीका मन्जु सुवाल र यशस्वी अवाल तेश्रो भइन् । पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र समान १० हजार नगद पुरस्कार जिते ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा प्रहरी पहिलो भयो । प्रहरीले फाइनलमा सौभाग्य ज्वेलर्सलाई ३–१ ले पाखा लगायो । प्राइम ग्लोबल र कान्तिपुर भ्याली पिङपोङ क्लब तेश्रो भए ।
मिडियाको पुरुष सिंगल्स फाइनलमा मनोहरी थापाले मदन आचार्यलाई ११–३, ११–८ र ११–८ को सोझो सेटमा पन्छ्याउदै पहिलो स्थान हात पारे । सुमन प्रधान तेश्रो बने । प्रतियोगिताको कलेजतर्फ २ स्वर्ण र १ कांस्यसाथ प्राइम टिम च्याम्पियन बन्यो ।स्कुलतर्फ श्रृजना ज्ञान सागर १ स्वर्ण, २ रजत र ४ कांस्य जित्दै समूह विजेता भयो ।
‘टेबलटेनिस फर अल’ नाराका साथ भएको पाँचदिने प्रतियोगितामा विभिन्न ३४ स्पर्धामा ३ सय खेलाडीले सहभागिता जनाएको आयोजक काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]