3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको चौतारमा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सोमबार सम्मान गरेको छ ।

जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा विष्ट, ढकाललगायतलाई सम्मान गरिएको थियो । स्कुलकातर्फबाट सिन्धुपाल्चोकका संघिय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गरेका थिए ।
स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा र संगित क्षेत्रमा विशिष्ट योगदान गरेकाले विष्ट र ढकाललाई सम्मान गरिएको बताए । सोही अवसरमा स्कुलका अध्यक्ष तथा प्याब्सनका केन्द्रिय महासचिवले सांसद सापकोटासहित अन्य पूर्व विधार्थीहरुलाई सम्मान गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]