3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडले आफ्नो २८औं स्थापना दिवस शनिबार र आइतबार अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा मनाएको छ ।

‘युएस वल्र्ड क्लास तेक्वान्दो हलिउड’ ग्राण्ड मास्डर दिवाकर महर्जन ‘डान’ द्वारा संचालित स्कूल हो । उनी अमेरिकामा तेक्वान्दो स्कूल संचालन गरिरहेका छन् ।
पोर्टल्याण्डस्थित आफ्नै हेडक्वाटरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नुका साथै, सेमिनार समेत संचालन गरिएको थियो । बेल्ट ग्रेडिङ पनि गरिएको थियो । जसमा ७३ जना सहभागी थिए ।
कोरियाली मार्सल आर्ट तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर डाक्टरडे ह्युन लीले सेमिनारमा सहभागी खेलाडीलाई विषेश प्रशिक्षण दिएका थिए । शनिबार हप्किदो, बोस्ताफ (लाठीकला) र आत्मरक्षाका विषेश कक्षा संचालन गरिको थियो । विषेश कार्यक्रमबीच ‘स्टुडेन्ट अफ मन्थ’ घोषित गरी १२ जनालाई सम्मान गरिएको थियो ।
मास्टर दिवाकरकी ९० वर्षीया आमा देवीलक्ष्मी महर्जनले अतिथिलाई खादा लगाइ नेपाली परम्परा अनुसार स्वागत गरेकी थिइन् । ग्रान्ड मास्टर जेके सिन, ग्रान्ड मास्टर डाक्टर डा. डे ह्युन ली, ट्र स्कोर डेडुका मालिक इन्जिनियरजीन सोङ, तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रि राजु क्षेत्रीले ‘स्टुडेन्ट अफ मन्थ’ घोषित खेलाडीहरुलाई अवार्ड प्रदान गरेका थिए ।
युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडका संचालक तथा मुख्य प्रशिक्षक मास्टर दिवाकर डानका अनुसार खेलाडीलाई प्रोत्साहनका लागि हरेक महिना एक जना उत्कृष्ट घोषित गरी सबैलाई एक मुष्ट वार्षिक उत्सवको उपल्यक्षमा सम्मान गर्ने गरिन्छ ।
कार्यक्रममा ‘भोलेन्टियर अफ इएर’ सम्मान साइमन वाल्चलाई प्रदान गरियो । दोस्रो डान प्राप्त साइमलले युएस वल्र्ड क्लासमै आठ वर्ष तेक्वान्दो सिकेका हुन् । यस्तै ‘ब्लाक बेल्ट अफ एयर’ ज्यास्पर एडम्सनलाई प्रदान गरिएको थियो । दोस्रो डान प्राप्त एडम्सन अबको केही महिनामा तेस्रो डान प्राप्त गर्ने तयारीमा छन् ।
‘बेष्ट फ्यामली’ सम्मान बेक फ्यामलीलाई प्रदान गरियो । चार सदस्य रहेको ‘बेक’ परिवार पछिल्लो चार वर्षदेखि युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडमा प्रशिक्षणरत छन् । आमा, बा र छोरा रेड बेल्टमा छन् । यस्तै छोरी एलो बेल्ट प्राप्त हुन् ।
ग्रान्ड मास्टर दिवाकरका अनुसार उनको स्कूलमा दुई सय परिवार संलग्न छन् । तीन वर्ष भन्दा माथिका करिव तीन सय जनाले नियमित तेक्वान्दो प्रशिक्षण लिदै आएका छन् । केही मेडिकल चिकित्सक समेत प्रशिक्षणमा रहदै आएका छन् । कार्यक्रममा विनित श्रेष्ठले नेपाली र अंग्रेजी गीत गाएका थिए भने रामी इमोड्गी र बेनले गितारमा साथ दिएका थिए ।
ग्रान्ड मास्टर डाक्टरडा. डे ह्युन लीले खेलाडीलाई तरवार कलाको प्रशिक्षण दिएका थिए । ग्रान्ड मास्टर डाक्टरडा. डे ह्युन लीकी श्रीमती मास्टर मुनले पनि खेलाडीलाई प्रशिक्षण दिएकी थिइन् ।
ग्रान्ड मास्टर दिवाकर नेपालमा राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक हुन् । उनले नेपालमा रहदा निजि रुपमा मैत्रीपूर्ण तेक्वान्दो डोजाङ्ग चलाएका थिए । सन् १९९४ मा अमेरिका आएका ग्रान्ड मास्टर दिवाकरले एक बर्ष पछि सन् १९९५ मार्च १ तारिकमा पोर्टल्याण्डमा आफैले स्कूल संचालन गरेका हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]