3 years ago
March 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन् ।

भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्षस्थानमा रहन सफल भएका हुन् । ६–अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन् ।
जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे । उनले ४–अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन् ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा १–अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे।
प्रोफेसनलद्वय सञ्जय लामा र बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडेका छन् । उनीहरूले पहिलो दिन समान इभन–पार ७२ खेले ।
शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १–ओभर ७३ सहित संयुक्तरुपमा नवौ स्थानमा रहेका छन् । तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजंग रायमाझी र युवराज भुजेल २–ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे ।
भारतीय गल्फ टुर समेत खेलिरहेका शुक्रले पहिलो दिन ७–अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । ४–पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको सुरुवात गरे । तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे ।
यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे । ब्याक नाइन ५–अन्डर ३१ मा सकाए ।
भुवनले फ्रन्ट नाइनमा ६–अन्डर ३० खेल्दै सानदार सुरुवात गरे । पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए भने ५–पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे । यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए ।
जयरामले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २-अन्डर ३४ मा नै पुरा गरे।
चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउदै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि ११औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १२औ र १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे।
एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास इभन–पार ७२ को सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । क्याप्टेन नोर्बु १–ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन् ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन् ।
कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ ।
दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]