default_image

3 years ago

March 14, 2023

नेकोस अन्तर्राष्ट्रिय जुडो हुने

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय जुडो संघ नेपाल र नेपाल जुडो संघको संयुक्त आयोजनामा राष्ट्रिय रेफ्रि सेमिनार, नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता तथा नेकोस छैटाैं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि आयोजना हुने भएको छ ।

आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितासँगै सेमिनार १ देखि ४ चैतसम्म एमएमएसी हल खुशिवी नयाँबजारमा हुने जानकारी गराएको छ । जस अनुसार १ र २ चैतमा रेफ्रि सेमिनार र ३ र ४ गते प्रतियोगिता हुनेछ ।

प्रतियोगिता दौरान नै रेफ्रीको परीक्षा हुने छ । रेफ्रि परीक्षामा उत्तिर्ण हुनेलाई राष्ट्रिय रेफ्रि लाइसेन्स प्रदान गरिनेछ ।
मंगलबादरदेखि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुनेछ । यस प्रतियोगितामा विजेता हुनेहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

चैत्र ३ र ४ गते भुटान र जापानसहित १९ टिमले नेकोस–छैटौ“ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुनेछ । यस प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइने छ ।

प्रतियोगितामा विजेता हुने तीनवटै तहका खेलाडीहरूई पदक तथा प्रमाणपत्र तथा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई ट्रफि र उत्कृष्ट महिला तथा पुरुष १ जना खेलाडीहरूलाई समेत ट्रफि प्रदान गरिने छ । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई जुनियरतर्फ क्रमशः राष्ट्रिय टिम ए, बी र सी टिमा बनाइनेछ ।

सब–क्याडेट पुरुषतर्फ –२०, –२४, –२७, –३०, –३४, –३८, –४२, –४६, –५०, –५५, –६०, ६० केजीमाथि र महिलातर्फ –२२, –२५, –२८, –३२, –३६, –४०, –४४, –४८, –५२, ५२ केजीमाथि हुनेछ ।

क्याडेट पुरुषतर्फ –५०, –५५, –६०, –६६, –७३, –८१, –९०, ९० केजीमाथि र महिलातर्फ –४०, –४४, –४८, –५२, –५७, –६३, –७०, ७० केजीमाथि केजीमा प्रतिस्पर्धा हुनेछ । जुनियर पुरुषतर्फ –६०, –६६, –७३, –८१, –९०, –१००, १०० केजीमाथि र महिलातर्फ –४८, –५२, –५७, –६३, –७०, –७८, ७८ केजीमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी जम्मा २५३ जना खेलाडीले सहभागी जनाउँदै छन् । यस प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.