3 years ago
March 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले कीर्तिमानी प्रदर्शन गरेका छन् ।

११–अन्डर ६१ को उम्दा प्रदर्शनमा शुक्रले गोकर्ण गल्फ क्लबमा नयाँ कोर्ष रेकर्ड कायम गरेका हुन् । सुर्य नेपाल मास्टर्स दौरान तीन भारतीय खेलाडी चिक्कारङ्गापा एस, अभिजत सिंह चड्डा र समिम खानले १०–अन्डर ६२ खेल्दै रेकर्ड बनाएका थिए । उक्त रेकर्ड १० बर्षपछि शुक्रले तोडेका हुन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार दोस्रो दिन ११–अन्डर ६१ खेल्दै समग्रमा १८–अन्डर १ सय २६ को सानदार नतिजामा शुक्रले भुवन नगरकोटीलाई ३ स्ट्रोकले पछि पारे । ९–अन्डर ६३ को उत्कृष्ट स्कोरमा भुवन समग्रमा १५–अन्डर १ सय २९ सहित दोस्रो स्थानमा रहे । ९–अन्डरको स्कोरमा उनले शिवराम श्रेष्ठको रेकर्ड बराबरी गरे ।
एमेच्योर खेलाडी सदभाव आचार्य ३–अन्डर ६९ खेल्दै समग्रमा ३–अन्डर १ सय ४१ को स्कोरसहित तेस्रो स्थानमा उक्लिएका छन् । नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र प्रोफेसनल खेलाडी जयराम श्रेष्ठ १–अन्डर १ सय ४३ सहित संयुक्त रुपमा चौथो स्थानमा छन् ।
सुबासले १–अन्डर ७१ र जयरामले ३–ओभर ७५ मा दोस्रो दिनको खेल सकाए । यसैगरी १–ओभर ७३ स्कोर गर्दै समग्रमा इभन–पार १ सय ४४ सहित निरज तामाङ छैटौं स्थानमा रहेका छन् । २–अन्डर ७० जोड्दै समग्रमा १–ओभर १ सय ४५ सहित भुवन कुमार रोक्का सातौ स्थानमा रहे ।
यस्तै टंक बहादुर कार्की र शिवराम पौडेलले २–ओभर १ सय ४६ सहित संयुक्तरुपमा आठौं स्थान बाँडे। टंकले १–अन्डर ७१ र शिवरामले १–ओभर ७३ स्कोर जोडे ।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा जारी प्रतियोगितामा एमेच्योर युवराज भुजेल र प्रो सञ्जय लामा ३–ओभर १ सय ४७ को नतिजामा संयुक्त रुपमा दशौं स्थानमा रहेका छन् ।
३६ होलको समाप्तीमा १३–ओभर सम्म खेल्ने २१ प्रो र ७ एमेच्योर गरी कुल २८ खेलाडीले कट बनाएका छन् । प्रो दिनेश प्रजापतिसँगै रामे मगर, प्रदीप कुमार लामा, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, बलभद्र राई, सञ्जोक मोक्तान, राम कृष्ण श्रेष्ठ, रबि खड्का, दीपक मगर, कमल तामाङ, सुर्य प्रसाद शर्मा र किसन कालीराज सुनारले कट बनाए।
एमेच्योरतर्फ सद्भाव र सुबाशसँगै युवराज भुजेल, टासी छिरिङ, सुरेश तामाङ, निश्चय जङ्ग रायमाझी र क्याप्टेन नोर्बु शेर्पाले पनि अन्तिम दुई दिनको लागि स्थान सुरक्षित गरे ।
करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा शुक्रले फ्रन्ट नाइट ५–अन्डर ३१ मा पुरा गरे। पहिलो, दोस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा ५–पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे ।
ब्याक नाइनमा पनि सानदार प्रदर्शनलाई निरन्तरता दिए । बाोगीरहित खेल्ने क्रममा ११औं, १३औं, १४औं र १५औं होलमा एक–एक सट बचाउँदा १२औं होलमा इगल प्रहार गरे । ब्याक नाइन ६–अन्डर ३० मा सकाए । रेकर्ड स्कोर गर्दा पनि शुक्रलाई भुवनले दबाब भने दिएका छन् ।
भुवनले लोभलाग्दो प्रदर्शन गर्दै फ्रन्ट नाइन ८–अन्डर २८ मा सकाए । यो क्रममा उनले दिनको सुरुवात बर्डीबाट गर्दै तेस्रो होलमा इगलको सफलता हात पारे ।
यसपछि चौथोदेखि सातौं होलमा लगातार बर्डी प्रहार गरे भने नवौं होलमा पनि एक सट बचाए । फ्रन्ट नाइनमा कुल ६ बर्डी दर्ज गरे। ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे। १३औं होलमा एक सट खेर फाल्दा ११औं र १२औं होलमा बर्डी प्रहार गरे ।
एमेच्योर सदभावले फ्रन्ट नाइन २अन्डर ३४ मा पुरा गरे। पहिलो होलमा बोगी खेपे पनि सम्हालिदै चौथो, छैटौ र सातौ होलमा बर्डी प्रहार गरे। यसपछि ११औं होलमा एक सट खेर फाल्दा १२औं र १८औं होलको बर्डीले ब्याक नाइन १अन्डर ३५ मा सकाए।
नम्बर एक एमेच्योर सुबाशले फ्रन्ट नाइन २अन्डर ३४ र ब्याक नाइन १ ओभर ३७ मा पुरा गरे। उनले तेस्रो, पाँचौ, सातौ र बार्हौ होलमा बर्डी प्रहार गर्दा आठौ, एघारौं र पन्ध्रौं होलमा बोगी खेपे।
प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रोफेसनलतर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन् । उत्कृष्ट २१ ले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]