default_image

1 year ago

March 16, 2023

वासिमको त्यो ओभर जसले नेपाललाई सोझै विश्वकप छनोटमा पुर्यायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै सोझै विश्वकप छनोटमा स्थान बनायो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा पर्दै नेपालले आगमी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको हो । जितको लागि ३ सय ११ […]

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईलाई ९ रनले डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै सोझै विश्वकप छनोटमा स्थान बनायो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा शीर्ष तीनमा पर्दै नेपालले आगमी जुन जुलाईमा सोझै जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाएको हो ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल पुरै समय दबाब जस्तैमा रह्यो । खेलको ४१ ओभर सम्म युएई डकवर्थ लेविस पद्धतिमा अघि रहँदै आएको थियो । युएईलाई अन्तिम ९ बलमा ७५ रन चाहिँएको थियो । डकवर्थ लेविसमा पनि युएई धेरै अघि थियो ।

४२ औं ओभरमा कप्तान मोहम्मद वासिम बलिङमा आएका थिए । त्यो ओभर पछि मात्रै नेपालले डकवर्थ लेविसमा अघि परेको थियो । वासिम ४२ औं ओभरमा आफैं बलिङमा आउने निर्णय लिए । चोभार एण्डबाट आएका मध्य गतिका बलर वासिमले पहिलो बल गुलशन झालाई डट राखे । दोस्रो बलमा दुई रन बटुले ।

त्यसपछि गुलशनले तेस्रो बलमा छक्का, चौथो, पाँचौं र छैटौं बलमा लगातार चौका प्रहार गर्दै कुल २० रन बटुले । त्यसपछि नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा अघि रहेको थियो ।

जुनैद सिद्दिकको ४३ औं ओभरमा नेपालले ४३ रन बटुलेको थियो । ४४ ओभरमा जहुर खानले ८ रन खर्चेका थिए । खेल सकिन भन्दा दुई ओभर अघिको त्यो ओभर नै नेपालको जितको टर्निङ प्वाइन्ट बन्यो ।

स्पिनर आयन लाक्रा बलिङको लागि तयार भएका थिए । दीपेन्द्रसिंह ऐरी क्रिजमा ब्याटिङ गर्न लागेका थिए । आयनले पहिलो बल फ्याँल्नै लागेका थिए । त्यतिकैमा अम्पायर बुद्धि प्रधानले श्रीलंकन अम्पायर रविन्द्र विमालासिरीसँग छलफल गर्दै खेल सकिएको इसारा गरे ।

युएईका कप्तानले अम्पायरसँग प्रश्न गर्न थाले । तर नेपालका खेलाडी खुसी मनाउन थाले । पेभेलिएनमा बसेका नेपाली खेलाडीले आरिफ र गुलशनलाई अंगालो मार्न थाले । उता युएईका कप्तान मोहम्मद वासिम निरन्तर अम्पायरसँग छलफल गरेका थिए ।

कट अफ टाइम र ब्याड लाइट दुबैको कारण अम्पायरले खेल रोक्दै नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा विजयी भएको घोषणा गरेका थिए । एकदिवसीय क्रिकेटमा डकवर्थ लेविस पद्धतिको आधारमा जान २० ओभर खेल हुनुपर्छ ।

४१ ओभर सम्म युएई डकवर्थ लेविसमा अघि रहि रह्यो । तर ४२ औं ओभरको त्यो २० रन जसले नेपाललाई सोझै विश्वकप छनोटमा पुर्याउन सफल भयो । गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । आरिफ शेख ५२, कुशल भुर्तेल ५० र भीम सार्की ६७ रनमा आउट भए ।

उता टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । युएईका उस्मान खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । आसिफ नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

आसिफले ४१ बलमा शतक हान्दै ओडिआई इतिहासकै सर्वाधिक चौथो छिटो कीर्तिमान कायम गरे । वृत्य अरविन्दले १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनको योगदान दिएका थिए ।

नेपाल ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो । नामिबिया ३६ खेलमा १९ जित र १६ मा हारसहित ३९ अंकका साथ चौथो स्थानमा रह्यो । आइसिसी विश्वकप लिग–२ बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

जिम्बावेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिग-२ का पुछारका पाँच टोली, लिग २ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

जिम्बावेमा हुने छनोटमा कुल १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट हरेक समूहबाट शीर्ष तीन तीन टोली सुपर सिक्समा स्थान बनाउछन् । सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली विश्वकपमा पुग्नेछन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.