default_image

2 years ago

May 2, 2024

१२ ओलम्पियन एकै थलोमा सम्मानित

580 views

0 Bookmark

हिमाल खरेल,मोरङ

सिओल ओलम्पिक १९८८ का सहभागी १२ नेपाली ओलम्पियनलाई विशेष सम्मान गरिएको छ ।

मोरङको सुन्दरहरैँचास्थित होटल नेपालीरिका आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रमअन्तर्गत आज साँझ उनीहरुलाई सम्मान गरिएको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टिकाबहादुर बोगटीलाई सम्मान गरिएको हो ।

उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दिपक विष्ट र बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले देश तथा विदेशका ओलम्पिक खेलाडीलाई प्रदेशका विविध स्थानमा उभ्याउन पाउनु गर्वको विषय रहेको सुनाए ।

अनुशासन र मेहनतले खेलाडीको व्यक्तिगत प्रतिभा मात्र नभएर देशको पहिचान पनि बढ्ने औँल्याउँदै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको विकासका लागि आफू नेतृत्वको सरकार कम्मर कसेर लागिपरेको बताए ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले खेलकुदप्रतिको घट्दो आकर्षणलाई उकास्नका लागि आफूहरूले काम गरिरहेको बताए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशलाई चिनाउने ओलम्पियनहरूलाई पुनर्मिलन गराउनु खुसीको कुरा रहेको बताए ।

नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्टले चुनौतीका बीच तेस्रोपटक ओलम्पियन्सको पुनर्मिलन गराएको बताउँदै पर्यटन प्रवर्धन गर्ने अर्को उद्देश्य पनि रहेकाले कार्यक्रम थप फलदायी हुने बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले स्वागत मन्तव्य राख्दै पूर्वघोषणाअनुरूप आयोजना भएको पुनर्मिलन कार्यक्रमले नयाँ युवा प्रतिभामा पनि हौसला मिल्ने बताए ।

बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले आफ्नो प्रतिभामार्फत देश चिनाउने विषयमा महत्वपूर्ण योगदान दिएका खेलाडीलाई कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र घुमाएर स्वागत–सम्मान गर्न पाउनु गर्वको विषय रहेको बताइन् ।

कार्यक्रममा प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, ओलम्पियन विधान लामा, विश्व ओलम्पियन्स एसोसिएसनकी विकास प्रबन्धक जोभिना चे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियन्स खेलाडीहरु समेत सहभागी थिए ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।

नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत खेलाडी सहभागी छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

Success

Thank you for your time.