default_image

3 years ago

March 17, 2023

काभा वुमन्स भलिबल च्यालेन्ज कपमा ८ टोली

421 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगामी जेठ पहिलो सातादेखि नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स भलिबल च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहने भएको छ ।

आयोजक नेपाल भलिबल संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दक्षिण एसिया र सेन्ट्रल एसियाका राष्ट्रसम्मिलित च्यालेन्ज कपमा आयोजक नेपालसहित विभिन्न ८ टोलीको सहभागिता रहने जानकारी गराएको छ । यसैबीच संघले च्यालेन्ज कपको लोगो सार्वजनिक गरेको छ ।

च्यालेन्ज कपमा दक्षिण एशियाबाट आयोजक नेपालसहित बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका तथा सेन्ट्रल एसियाबाट किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागित रहने पक्का भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी गराए । च्यालेन्ज कप जेठ ६ गते शनिबारबाट जेठ १५ गते सोमबारसम्म हुनेछ ।

संघले नेपाल भलिबल संघको निति अनुरुप राष्ट्रिय महिला तथा पुरुष भलिबल टिम निर्माण गरी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउने र प्रतियोगिता पनि आयोजना गराउने उद्देश्य अनुरुप पहिलो प्रतियोगिताको रुपमा काभा वुमन्स च्यालेन्ज कप हुनेछ ।

च्यालेन्ज कपका लागि नेपालले फिभको सहयोगमा बेल्जियमका अनुभवी प्रशिक्षक जान डे ब्रान्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ । यसै साता नेपाल आइपुगेका उनले प्रशिक्षण पनि सुरु गरिसकेका छन् । प्रारम्भिक चरणमा २१ खेलाडी राष्ट्रिय टोलीको प्रशिक्षण्मा रहेका छन् ।

उक्त च्यालेन्ज कप आयोजना गर्न अनुमानित बजेट २ करोड ५० लाख रुपैयाँ रहेको संघले जनाएको छ । त्यसका लागि संघले विभिन्न संघसंस्थाहरुसँग प्रायोजनलगायत विभिन्न प्रकारका सहयोगको लागी आह्वान गरिसकेको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले वुमन्स च्यालेन्ज कपका लागि राखेपको पूर्ण सहयोग रहने बताएको छ । सदस्य सचिव घिसिङले च्यालेन्ज कप आयोजनाका लागि ५० लाख, मुख्य प्रायोजक नपाएको अवस्थामा प्रायोजन रकम, कभर्ड हल मर्मत तथा सम्भारसँगै राष्ट्रिय टिम तयारीको लागि छुट्टै बजेट प्रदान गरिने घोषणा गरे ।

यस्तै सदस्य सचिव घिसिङले भलिबलको अन्तर्राष्ट्रिय कभर्ड हल निर्माणको लागि मध्यपुर र कागेश्वरी मनोहरा नगरापालिकामा जग्गा प्राप्ति भइसकेको र आगामी आर्थिक वर्षबाट त्यहाँ काम हुने बताए । यस्तै सदस्य सचिव घिसिङले नेपाललाई लगातार च्याम्पियन बनेर स्वर्णमा ह्याट्रिक गर्नको लागि शुभकामना प्रदान गरे ।

सदस्य सचिव घिसिङकै निर्देशनमा राखेपस्थित कर्मड हलको चेन्जिङ रुम, शौचालय, हलको बत्ती व्यवस्थापन, पार्केटिङ, ढल निकास, रंग रोगन लगायत विभिन्न कामहरुको मर्मत शुरु भईसकेको संघले जनाएको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.