3 years ago
March 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हाइड एन्ड सिक किन्डरगार्डेनले ओलम्पियन जित बहादुर केसी र करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका छन् ।

काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो १०औं खेलकुद दिवसको अवसरमा ओलम्पियन केसी र १३औं सागकी कास्यपदक विजेता मनिषालाई नगद, दोसल्ला र सम्मानले सम्मानित गरेका हुन् ।
उनीहरुलाई हाइड एन्ड सिक किन्डरगार्डेनकी संस्थापक प्रिन्सिपल कुमद भट्ट र संस्थापक निर्देशक इन्दिरा गौतमले सम्मानित गरिन् । हाइड एन्ड सिक किन्डरगार्डेनले दुई दिने खेलकुद कार्यक्रमको पहिलो दिन ओलम्पियन केसीलाई तथा दोस्रो दिन करातेकी मनिषा चौधरीलाई सम्मानित गरेका हुन् ।
खेलकुद दिवसको पहिलो दिन प्ले ग्रुप र नर्सरीको तथा दोस्रो दिन एलकेजी र युकेजीका विद्यार्थीहरुले दैनिक जीवनमा आधारित रहेर विभिन्न खेलहरुमा प्रतिस्पर्धा गरेको विद्यालयको खेलकुद प्रशिक्षक हरि लामाले जानकारी गराए ।

प्रिन्सिपल भट्टले पुरानो पुस्तादेखि नयाँ पुस्तालाई हरेक वर्ष सम्मानित गर्ने उद्देश्यअनुरुप यस वर्ष ओलम्पियन केसी र करातेकी उदियमान खेलाडी मनिषालाई सम्मानित गरिएको बताइन् ।
आफ्नो विद्यालयले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि पारिवारिक वातावरणमा अध्यननसँगै खेलकुदलाई पनि प्राथमिकता दिएको बताइन् ।
यसअघि हाइड एन्ड सिक किन्डरगार्डेनले १३औं सागमा स्वर्ण जित्न सफल फुटबलका विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लव लाल श्रेष्ठसँगै प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई सम्मान गरेको थियो । यस्तै फुटबलका सन्देश श्रेष्ठ पनि सम्मानित भइसकेका छन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]