3 years ago
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) –पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगरमा इन्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरि इन्डो–नेपाल टि–२० क्रिकेट चैत अन्तिममा गर्न लागेको जनाएको छ ।

एकाडेमीका अध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भइसकेको छोरी रिचा श्रेष्ठको स्मृतीमा पहिलो रिचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिता आगमी चैत्र २५ गतेदेखि विराटनगरको मेरिवल ज्वाला विराटनगर क्रिकेट मैदानमा हुने बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार नेपालको विभागिय ३ टिम, सुदुरपचिम प्रदेशको १ टिम र कोशी प्रदेशका राजधानी विराटनगरका १ टिम र भारतको विभिन्न राज्यका ३ टिम सहभागी हुने बताएका छन् । प्रतियोगिता सम्पनन गर्न करिव ४० लाख खर्च हुने आयोजकले जनाएको छ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]