default_image

3 years ago

March 21, 2023

मन्डेकाजी प्यारागन स्कुलको ब्रान्ड एम्वासडर

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्वासडरमा नियुक्त भएका छन् ।

खेलकुदमार्फत राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको तिलगंगा नजिक रहेको प्यारागन पब्लिक स्कुलले मन्डेलाई दुई वर्षसम्मको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको जनाएको छ । मन्डेले सन् २०१९ मा नेपालमा भएको १३औं सागमा करातेबाट दोहोरो स्वर्णपदक जितेका थिए ।

एम्बासडरमा नियुक्त भएसँगै मन्डेले मासिक रूपमा पारिश्रमिक पाउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा विद्यालयले सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा विद्यालयका तर्फबाट विद्यालयकी प्रधानाध्यापक बिना बानु तथा प्रबन्ध निर्देशक शाकिर उद्दिन र मण्डेकाजीले हस्ताक्षरगर्दै आदान–प्रदान गरे । मन्डेलाई ब्रान्ड एम्बासडरको रुपमा विद्यालयमा आबद्ध गराउन पाउँदा खुशी लागेको विद्यालयले जनाएको छ ।

यस्तै मण्डेकाजीले विद्यालयको ब्रान्ड एम्बासडर बनेर विद्यालयलाई सहयोग गर्न पाएकामा आफूलाई पनि धेरै नै खुसीको महसुस भएको बताए । ‘प्यारागन पब्लिक स्कुलले मलाई विद्यालयको खेलकुदको विकास गर्ने कार्यका साथै शैक्षिक गतिविधिमा समेत संलग्न गराई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेकामा म विद्यालयप्रति हाद्धिक कृतज्ञता व्यक्त गर्दछु ।’ मन्डेले भने ।

विद्यालयले विभिन्न खेलकुदमा सहभागिता जनाउनुका साथै प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.