default_image

3 years ago

March 22, 2023

फेन्सिङका पायस हंगेरी प्रस्थान

1251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने व्यक्तिगत पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकपका लागि नेपालका पायस योन्जन त्यसतर्फ प्रस्थान गरेको छ ।

पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकप मार्च २४ देखि २६ सम्म बुढापेस्टमा आयोजना हुँदैछ । पायसले दुवै विधामा प्रतिस्पर्धा गर्नेछ ।

हंगेरी फेन्सिङ फेडेरेसनको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेका हुन् । पायस ओलम्पिक सोलिडोरिटी अन्तरगत छात्रवृत्ति पाएका खेलाडी हुन् ।

पायसलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्रराज श्रेष्ठ, एनओसीका कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजवैद्य, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, महासचिव सुजन लाल श्रेष्ठ र कोषाध्यक्ष अनुप कपालीलगायतले सफलताको शुभकामानासहित बिदाई गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.