3 years ago
March 27, 2023
हिमाल खरेल, बिर्तामोड
झापाको चारपानेमा चैत २१ गते हुने सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका हुन् ।
मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औँ ओलम्पिकमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेका थिए । उनी लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् ।
पहिलो दक्षिण एसियाली खेलकुदका स्वर्णधारी उनले ४१ वर्षसम्म एकछत्र राज गरेका थिए । नेपाली एथ्लेटिक्सका महापुरुष उनले कोलकातामा भएको तेस्रो साफमा बनाएको दुई घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अझै पनि कसैले तोड्न सकेको छैन । सो बेला उनी ३६ वर्षका थिए ।
त्यस्तै, लामा साविक मेची अञ्चलको पहिलो धावक हुन् । उनले २०३१ सालमा राजविराजमा भएको राष्ट्रिय प्रतियोगितामा मेचीको प्रतिनिधित्व गरेका थिए । सो प्रतियोगितामा उनी म्याराथनतर्फ दोस्रो भएका थिए भने मानन्धर प्रथम भएका थिए । लामाले पाँच हजार मिटर र १० हजार मिटर भने ट्र्याक दौडिएका थिए । कक्षा ९ को पढाइ सक्ने बेलामा भाग लिएका लामा सो बेला १६ वर्षका थिए ।
लामा त्यसको दुई वर्षपछि नेपालगञ्जमा भएको राष्ट्रिय प्रतियोगितामा पनि दोस्रो भएका थिए । त्यसपछि भने उनी खेललाई रोक्दै पढाइतर्फ लागे । लामा भेट्रान्सतर्फ एसियन १० औँ हुन् । नेपालमा भएको ५० वर्षमाथिको म्याराथनमा उनी प्रथम भएका थिए । त्यस्तै, ताइवानमा भएको ५५ वर्ष उमेर समूहको एसियन प्रतियोगितामा उनी छैटौँ र जापानको प्रतियोगितामा १० औँ भएका थिए ।
नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।
संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।
प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]