default_image

3 years ago

March 31, 2023

एसियन ट्राईयाथलन कपको तयारी पूरा

191 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा भोली शनिबार हुने २०२३ एसियन ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ ।

प्रतियोगितालाई स्वच्छतापूर्ण सम्पन्न गर्न सम्पूर्ण प्राविधिक टोली तथासहभागिता जनाउने खेलाडीहरु पोखरा आईपुगिसकेका छन् । लेकसाईडस्थित प्रतियोगिताको सचिवालय रहेको होटल ग्लोरी गार्डेनमा खेलाडीहरुको दर्ताका साथै प्रतियोगिताका लागि आवश्यक कार्यहरु भएका छन् ।

ट्राईयाथलनका लागि पर्याय बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोखरामा दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै महिलातर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिन १८ गते ट्राईयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ । ४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला र पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६ सय ३० डलर प्राप्त गर्नेछन् ।

यस्तै दोश्रो हुनेले ५ सय २५ डलर, तेश्रो हुनेले ४ सय २० डलर, चौथोले ३ सय १५ डलर र पाँचौ हुनेले २ सय १० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

ट्राईयाथलनका लागि नेपालको रमणिय तथा पर्यटकिय स्थल पोखरा पर्याय जस्तै बनेको छ । नेपालमा ट्राईयाथलन भन्नासाथ विदेशीहरुले पोखराको रमणियतालाई झलझली सम्झने अवस्था सृजना भएकोछ ।

नेपालमा एक पटक आएर खेलेका खेलाडीहरुले आफ्नो संस्मरणमा लेखेका र पोष्ट गरेका फोटोहरु, साथीसंगी संग भएका विचारको आदान प्रदानका कारण एसियन ट्राईयाथलनको महत्व बढ्न गएको देखिन्छ । त्यसैको परिणाम २०२३ को यस संस्करणमा करिव २० राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।

नेपालको इतिहासमा ८० को दशकमा अन्नपूर्ण ट्राईयाथलनको नाममा अन्तर्राष्ट्रिय ट्राईयाथलन भएको पाईन्छ । त्यसलाई निरन्तरता प्रदान गर्न नसकी लामो समय सुस्ताएको ट्राईयाथलन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले २०१२ मा संघको विधिवत स्थापन पश्चात यस खेलले केहि गति लिन थालेको देखिन्छ ।

संघको स्थापन पश्चात २०१३ मा संघले पोखराको वेगनास तालमा पहिलो दक्षिण एसियन च्याम्पिनसिपको आयोजना गरेर नेपालमा ट्राईयाथलन खेलको सम्भावनालाई जीवन्त पारेको छ । नेपालमा ट्राईयाथलनको लोकप्रियतालाई ध्यानमा राखेर २०१९ मा तत्कालिन अन्तर्राष्ट्रिय ट्राईयाथलन महासंघ (आईटियु) ले नेपाललाई एसिया कप गर्ने स्विकृती प्रदान गरे पश्चात नेपालले ट्राईयाथलनको खेलमा अर्को एक खुड्किलो पार गर्न सफल भएको छ ।

२०१९ मा सुरु भएको एसिया कप २०२० र २१ मा बिश्वमा फैलिएको महामारी कोभिडका कारण आयोजना हुन सकेन । कोभिडको महामारी पश्चात २०२२ मा पुन आयोजना भएकोमा यस बर्ष २०२३ मा बिदेशी राष्ट्रको उल्लेख्य बृद्धिका साथ शनिबार आयोजना हुन गईरहेको छ ।

नेपालमा नयाँ नेतृत्व पश्चात नेपाली ट्राईयाथलनले अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो छाप छोड्न सफल भएको छ । जसको परिणाम स्वरुप २०१३ मा फिलिपिन्सको सुविक वे मा भएको प्रतियोगितामो नेपाली खेलाडी राजीव गुरुङ्गले २०–२९ बर्ष उमेर समूहमा स्वर्ण पदक हात पार्न सफल भएका थिए ।

यस्तै २०१५ मित्र राष्ट्र चीनमा भएको प्रतियोगितामा टिका थापाले पदक प्राप्त गरेका थिए भने जुनियर तर्फ सहज शाक्यले चौथो स्थान प्राप्त गर्न सफल भएको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।

यस्तै भारतका गुहावटीमा आयोजना भएको १२औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रोजा केसीले नेपालका लागि कास्य पदक र टिम स्पर्धामा रजत पदक प्राप्त गर्न सफल भएको थियो । २०१९ मा नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.