6 months ago
April 2, 2023
पोखरा (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधी पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् । २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ किमी दौड, २० किमी साईक्लिङ र २.५ किमी दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र […]
पोखरा (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधी पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।
२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ किमी दौड, २० किमी साईक्लिङ र २.५ किमी दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् ।
पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे ।
महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनेट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।
October 4, 2023
सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […]
October 1, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै […]
September 29, 2023
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]