default_image

3 years ago

April 4, 2023

करातेका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

260 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे ।

उक्त अवसरमा राखेपका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

चैत १२ गते चितवनको पटियानीमा भएको महासंघको साधारणसभाले राखेपका पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ नेतृत्वको चयनसंगै करातेमा रहेको विवाद सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्दै राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय सफलता दिलाएको करातेलाई परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.