3 years ago
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्टर भ्याली ह्विलचेयर बास्केटबलको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ वुमन्स ह्विलचियर बास्केटबल एशोसियसन (डब्लुडब्लुबिए) ले हात पारेका छन् ।

नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एशोसियसनको आयोजनामा भएको प्रतियोगिताको निकै नै रोमाञ्चक फाइनलमा आर्मीले जावलाखेल ह्विलचेयर स्पोर्टस् क्लबलाई ४४–३३ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पहिलो क्वाटरमा ८–१० ले पछि परेको आर्मीले दोश्रो क्वाटरमा १०–९, तेश्रो क्वाटरमा १४–१० र चौथो क्वाटरमा १२–४ ले अग्रता कायम गर्दै जित निकाल्न सफल भएको हो ।
आर्मीको जितमा दान थिङको २२ अंक जोडे । यस्तै आर्मीका रमेश खत्री मोस्ट भ्यालुएबल खेलाडी घोषित भए । तेश्रो स्थानमा बुद्धिसरा इन एक्सन रह्यो ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहीबार भएको प्रतियोगिताको महिलातर्फ वुमन्स ह्विलचियर बास्केटबल एशोसियसनले आयोजक नेपाल स्पाईनल कर्ड इन्जुरी स्पोर्टस् एसोशियसनलाई १९–२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो ।

रजनी चाम्लिङ राई १३ अंकको योगदान दिइन् । रजनी मोस्ट भ्यालुएबल खेलाडी पनि घोषित भईन् । तेश्रो स्थानमा ह्विलचियर स्पोर्टस् एशोसियसन नेपाल रह्यो ।
उपाधिसँगै आर्मी र डब्लुडब्लुबिएले ४० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको टोलीले ३० हजार तथा तेस्रो भएको टोलीले २५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
विजयी टोली तथा खेलाडीलाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेश साँसद लक्ष्मी घिमिरे लगायतले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलामा ४ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]