default_image

3 years ago

April 7, 2023

पोष्टबहादुर स्मृति भलिबल मंगलबारदेखि

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय नेता बोगटीको सम्झनामा चैत २८ देखि बैशाख २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नेपाल भलिबल संघको प्राविधिक सहयोगमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले भाग लिने बताइएको छ ।

६ टिमलाई दुई समूहमा विजभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतिष्ठानका महासचिव निर्मल आचार्यले आठ वर्षअघि दिवंगत भएका नेता बोगटीको योगदानलाई संस्थागत गर्दै त्यस अनुसार सामाजिक कार्यहरु गर्न २०७२ सालमा वृष्णबहादुर महराको अध्यक्षतामा प्रतिष्ठान गठन भएको जानकारी दिए ।

उनले यसै उद्देश्यअनुरुप भलिबल प्रतियोगताको आयोजना गर्न लागेको बताए । आचार्यका अनुसार यस प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपियाँ प्रदान गर्ने र अपुग रकम अन्य स्रोतबाट संकलन गरिनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टिमले एक लाख तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टिमले ५० हजार रुपियाँ प्राप्त गर्ने छन् ।

यसैगरी, विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई जनही दस हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपियाँ प्रदान गरिनेछ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले भलिबलतर्फ पहिलो श्रृंखलामै उल्लेख्य राशीको पुरस्कार राखेकोमा आयोजकलाई धन्यवाद दिंदै प्रतियोगिताले निरन्तरता पाउनु पर्नेमा जोड दिए ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीकृष्ण अधिकारीले सादगी नेता बोगटीलाई नयाँ पुस्तामाझ चिनाउन खेल आयोजना गरिएको बताए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.