3 years ago
April 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसाग समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको ढल्कुले ५ स्वर्ण, २ रजत र ३ कांस्य हात पा¥यो । लैनचौरले १० हजार तथा ढल्कुले ५ हजार नगद पुरस्कार पाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सिनियर पुरुषमा चुनदेवीका सुशिल थापा मगर तथा महिलामा ढल्कुकी पासाङ तामाङ उत्कृष्ट खेलाडी घोषित भए । जुनियर पुरुषमा युन्सुबका सुजन ग्लान तथा महिलामा आयोजककी कृपा गौतम उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेत, आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दो खेलाडीहरु शिव श्रेष्ठ, खगेन्द्रप्रसाद पाण्डे, मनीषा मगर, कैलाश थापा, रोजिना तामाङ, निरजज्यू ठकुरी, कृपा गौतम, रोनिशा गौतम, रोजिना तामाङ, रिवाज धमला, स्वेच्छा कार्की, सन्तोष भण्डारी, सिसम श्रेष्ठलगायत १७ खेलाडीलाई सम्मान गरिएको थियो ।
दुईदिने प्रतियोगितामा १ सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]