3 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा दोश्रो संस्करणको विविध खेलकुदअन्तर्गत राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

प्रतियोगितामा विभिनन ८ जिल्ला र प्रहरी गरी ९ टिमका १ सय ६० खेलाडीको सहभागिता रहेको आयोजक एकेडेमीअन्तर्गत टेबलटेनिस विभाग प्रमुख महेन्द्र लिगलले जनाएका छन् ।
प्रतियोगितामा यु–१५ तथा यु–१९ तर्फ ब्वाइज-गल्र्समा ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १५ हजार, १० हजार र ८ हजार नगद पुरस्कार हात पार्ने छन् ।
क्वाटरफाइनल पुग्ने खेलाडीलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसै प्रतियोगिताबाट भारतको अरुणाचल प्रदेशमा हुने दक्षिण एसियाली टेबलटेनिस प्रतियोगिताका लागि खेलाडी छनोट गरिने विभाग प्रमुख लिगलले जानकारी गराए ।
दुवै उमेरसमूहमा समान ३–३ ब्वाइज-गल्र्स गरी १२ खेलाडी छनोट गरिने छ । प्रतियोगिताको पूर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राज वैद्यले खेल खेली उद्घाटन गरे ।
प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ । एकेडेमीले विविध खेलकुदअन्तर्ग घोषणा गरेको १४ प्रतियोगिता मध्ये टेबलटेनिस प्रतियोगिता पहिलो भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]