3 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ६५ वर्षको उमेरमा इन्टरनेसनल स्ट्रेन्थलिफ्टिङ एण्ड इन्कलाईन्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा नेपाललाई रजत पदक दिलाउने खेलाडी कृष्ण सिंह शाही सम्मानित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं महानगरपालिका वडा नं २२ ईकाई समितिले बुधबार एक कार्यक्रमको आयोजना गरी वरिष्ठ खेलाडी शाहीलाई सम्मान गरेको हो । शाहीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले दोसल्ला ओढ़ाई सम्मानपत्र प्रदान गरे ।
उक्त कार्यक्रममा २२ वडामा रहेका नेवाः गुठी समुदायलाई सम्मान गरिएको थियो । गत चैतमा नेपालमा नै सम्पन्न उक्त प्रतियोगितामा ५६ किलोग्राम शारारिक तौल भएपनि मास्टर्स–३ स्पर्धा अन्तर्गत ६८ केजी तौल समूहमा खेलेका थिए शाहीले बाइसेप कर्लिगं र ह्याक लिफ्टको दुई–दुई सेटमा गरी कुल ३ सय ४७.५ केजी उचालेका थिए ।
उनले बाइसेप कर्लिगंको पहिलो र दोस्रो सेटमा क्रमशः ४० र ४२.५ केजी भार उठाएका थिए । त्यस्तै, ह्याक लिफ्टको पहिलो सेटमा १ सय २५ केजी र दोस्रो सेटमा १ सय ४० केजी उठाएर नेपाललाई रजत पदक दिलाउन सफल भए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]