default_image

3 years ago

April 20, 2023

इन्द्र र निर्मला उत्कृष्ट

460 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका इन्द्र बहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जितेकी थिइन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पहिलो दिन पनि ७ स्पर्धाको फाइनल भएको थियो ।

पुरुष ८१ केजीमुनि सुदूरपश्चिम प्रदेशका योगेन्द्र विष्टले स्वर्ण जिते । उनले फाइनलमा नेपाल एपीएफ क्लबका सुजन तामाङलाई पराजित गरे । नेपाल आर्मीका जंगबहादुर सारु र प्रहरीका मधु रोका मगर तेश्रो भए ।

९० केजीमुनि प्रहरीका मनीष महतो पहिलो भए । उनले फाइनलमा आर्मीका राजेश थापा मगरलाई हराए । एपीएफका लेलिन डंगोल र बागमती प्रदेशका रामभक्त तामाङले कांस्य जिते ।

१०० केजीमुनि प्रहरीका श्रीराम मकाजुले फाइनलमा मधेश प्रदेशका हिमान्शु गुप्तालाई पाखा लगाउदै शीर्ष स्थान हात पारे । बागमतीका आकाश आले मगर तेश्रो स्थानमा रहे ।

१०० केजीमाथि आर्मीका रन्जेश गोलेले बाजी मारे । उनले फाइनलमा प्रहरीका राजन जोशीलाई निराश पारे । कर्णाली प्रदेशका निश्चल राइ तेश्रो बने ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगिताको महिला ७० केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन् । फाइनलमा पुनमले प्रहरीकी रजनी मगरलाई पन्छाइन् । बागमतीकी रञ्जना खड्का तेश्रो बनिन् ।

७८ केजीमुनि प्रहरीकी दीपा गुरुङले फाइनलमा कर्णालीकी पुर्णिमा चौधरीको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरिन् । आर्मीकी निर्मला घर्ती मगरले कांस्य हात पारिन् ।

७८ केजीमाथि आर्मीकी आकृति जोशीले प्रहरीकी पूजा राजवंशीमाथि जित दर्ता गर्दै स्वर्ण चुमिन् । कर्णालीकी दिपिका अछाजु तेश्रो भइन् ।

प्रतियोगितामा समावेश विभिन्न १४ स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी असोज ६ गतेदेखि चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोट गरिएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी १ सय १६ खेलाडी सहभागी थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.