3 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा नेपाल र साउदी अरेवियाबीचको खेलमा टस ढिलाई भएको छ। खेल बिहान ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनुपर्ने थियो । नियमित समय अनुसार टस ८: ३० मा हुनुपर्ने हो । तर माथिल्लो मुलपानी मैदानमा अहिले हल्का वर्षा सुरु भएको छ। कभरले पिच ढाकिएको छ । त्यसैको कारण टसमा ढिलाई भएको छ ।

आइतबार राती परेको पानी र आज विहान परेको वर्षाको कारण पिच र ३० यार्ड एरिया कभरले पुरै ढाकिएको छ । दुबै टोली मुलपानी मैदानमा आएका छन् । नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टि देशाईले मैदान निरिक्षण गरि रहेका छन् ।
मैदानका कर्माचारी पनि निरन्तर काममा खटिएका छन् । सुपर सापरले पानी सुकाउने काम गरेपनि अहिले रोकिएको छ । दुबै टोलीका खेलाडी डग आउट बाहिर छन् । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने हुँदा यस खेललाई निकै महत्वपूर्ण रुपमा लिइएको छ ।
काठमाडौंमा विहान ८ ः ४५ मा १२ प्रतिशत वर्षाको सम्भावना छ । त्यसपछि वर्षा सम्भावना बढ्दै जानेछ । त्यसको एक घण्टापछि वर्षा सम्भावना १९ प्रतिशत छ । बिहान १०ः ४५ को समयमा १८ प्रतिशत वर्षाको सम्भावना छ । मध्याहन्न ११:४५ बाट वर्षा हुने निकै उच्च सम्भवना छ । त्यो समय वर्षा हुने सम्भावना ५२ प्रतिशत छ ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म ७८ देखि ८० प्रतिशत सम्म वर्षा हुने सम्भावना देखिन्छ । दिउँसो चार बजेपछि विस्तारै घट्दै जानेछ । पूर्वअनुमानका अनुसार आज काठमाडौंमा वर्षा हुने उच्च सम्भावना देखिन्छ । त्यसैको कारण नेपाल र साउदी अरेवियाबीचको खेल प्रभावित हुने देखिन्छ । तत्काल वर्षा रोकिदा पनि खेल केहि ढिलो सुरु हुनसक्ने देखिन्छ ।
नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली बन्ने सोचका साथ मैदान उत्रनेछ । समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ ।
साउदी उपाधि दाबेदार नेपाललाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । उता साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो । कतारलाई ७ विकेटले हराएको थियो । यस प्रतियोगिता विजेताले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]