3 years ago
April 25, 2023
जुम्ला (हाम्रो खेलकुद) – कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ दलबहादुर कँुवर र महिलातर्फ मञ्जु राउतले जितेका छन् ।

४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुषतर्फ धिर बहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो भए ।
यस्तै महिलातर्फ गणना भण्डारी ६ घन्टा ५४ मिनट २७ सेकेन्ड समयका साथ दोश्रो र अनिता बुढा ७ घन्टा ५२ मिनट ४६ सेकेन्ड समयका साथ तेश्रो भए । दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद ७५ हजार र ५० हजारका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।
म्याराथनमा पुरुषतर्फ ६१ र महिलातर्फ १० जना खेलाडीको सहभागिता रहेको राखेप प्रचार प्रसार शाखाका प्रशासकिय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी गराए ।
म्याराथन जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भई डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुदै रारा तालको २९८० मिटर उचाईमा रहेको हुटुमा गएर पुरा भएको थियो ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पर्वतिय खेलकुद महासंघका अध्यक्ष एवं पूर्व राखेप सदस्य गोविन्द भट्टराई, गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल ओलम्पियन खेलाडी एवं आयोजक संस्था कर्णाली स्पोर्टस् क्लबका संरक्षक हरि बहादुर रोकाया र अध्यक्ष सरोज शाहीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
जुम्ला कभर्डहल उद्घाटन
राष्ट्रिय खेलकुद् परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमविच जुम्ला कभर्डहलको उद्घाटन गरेका छन् । जुम्ला चन्दननाथ नगरपालिका ४ स्थित सिंघाचौरमा निर्माण हुने ३०० दर्शक क्षमताको कभर्डहलको अनुमानित लागत १ करोड ७१ लाख रहेको छ । कभर्डहलको उद्घाटन गर्दै सदस्य सचिव घिसिङले कभर्डहल निर्माणले दुर्गम जिल्लामा आगामी दिनमा उच्च स्तरका खेलाडी उत्पादन हुने बिश्वास ब्यक्त गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]