default_image

3 years ago

April 29, 2023

नेपाल इमर्जिङ टिम्स एसिया कपमा छनोट

312 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । नेपालले एसिसी प्रिमियर कपमा फाइनलमा स्थान बनाएसँगै एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि स्थान बनाएको छ ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तानका यू-२३ टोलीसँगै प्रिमियर कपका शीर्ष तीन टोली हुनेछन् । नेपाल र युएईले फाइनलमा स्थान बनाउँदै इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आइतबार हुने कुवेत र ओमानबीच तेस्रो स्थानको विजेता टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

इमर्जिङ टिम्स एसिया कपमा टेस्ट टोलीका यू-२३ खेलाडी खेल्नेछन् । उक्त प्रतियोगिता एसोसिएट टोलीलाई एक्स्पोजर दिन आयोजना गर्ने गरिन्छ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतसँगको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

उता युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । सोमबार नेपाल र युएईबीच उपाधिको लागि भिड्नेछन् । विजेता टोलीले आगमी सेप्टेम्बरमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ । एसिया कप विश्वकपअघि एसिसीले अन्तिम तयारीको रुपमा गर्ने प्रतियोगिता हो । एसिया कपमा भने टेस्टका प्रमुख टोली खेल्ने गर्दछन् ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाल २०१९ मा खेलेको थियो । नेपालले पछिल्लो पटक बंगलादेशमा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग ७ विकेट र बंगलादेशसँग ८ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

नेपालले हङकङलाई ४० रनले हराएको थियो । त्यसपछि भने इमर्जिङ टिम्स एसिया कप हुन सकेको छैन । नेपालले २०१३ र २०१७ को एसिसी इमर्जिङ टिम्स एसिया कप खेलेको थियो । २०१८ मा भने नेपाल छनोट हुन सकेको थिएन । २०२३ को इमर्जिङ टिम्स एसिया कप भारत र श्रीलंका मध्य एक देशमा हुने सम्भावना छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.