3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि गरेको खुल्ला छनोटमा ३६ खेलाडी सहभागी भएका छन् ।

संघले खुल्ला छनोटमार्फत पुरुष राष्ट्रिय टोली तयार गर्न लागेको हो । खुल्ला छनोटको पहिलो दिन विभिन्न क्लब तथा प्रदेशबाट गरी कुल ३६ खेलाडी समावेश भएको संघले जनाएको छ । खुल्ला छनोट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा २३ बैशाखसम्म चल्नेछ ।
छनोटमा राष्ट्रिय टोलीका कप्तान तथा सेटर इम बहादुर रानासँगै यसअघि टोलीका सदस्य रहिसकेका लिबेरो ईश्वर थापा मगर सहभागी छैनन् ।
यसै छनोटमार्फत राष्ट्रिय टोलीको निर्माण गरिनेछ । खुल्ला छनोटमा प्रशिक्षक जगदिश प्रसाद भट्ट र अर्का प्रशिक्षक भरत यादवले खेलाडी छनोट गरिरहेका छन् । नेपाली पुरुष भलिबल टोलीले यस वर्ष १९औं एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तय छ ।
किर्गिस्तानमा काभा पुरुष नेसन्स लिग असार ३ गते देखि १० गते सम्म हुनेछ । एसिया चीनको हाङझावमा असोज ६ गतेदेखि २१ गते सम्म हुँदैछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेका छन् ।
प्रशिक्षणमा सहभागी भएका खेलाडी ३६ खेलाडीको नामावली
आउट साइड हिटर – मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, बिशाल विक, उत्तम चन्द, रविन चन्द, रवि केसी, धिरोज काजी बस्नेत, टेक राज अवस्थी, धनपति, अमृत विक र सरण कार्की
अपोजिट हिटर – राजेन्द्र विष्ट, सरण सामरी क्षेत्री, हेमन्त मल्ल, अमिर थापा, सरोज चम्लागाईं, प्रेम गौतम र राज कुमार निरौला
सेटर – हरि हजुर थापा, दुर्गा महतो, अभिषेक थापा, सम्राट भण्डारी र लोकेन्द्र गिरी
मिडल ब्लकर – दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी, सन्तोष महता, सफल विक, रविन नगरकोटी, सरोज बोहोरा र मनिष मानन्धर
लिबेरो – भरत चुनारा, नरेन सिन्जाली, हृदेश प्रसाद चौधरी, विनोद चन्द, अभिषेक थिङ तामाङ र भीम गाहा
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]