3 years ago
May 4, 2023
पोखरा (हाम्रो खेलकुद) – हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ’हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’को दोश्रो संस्करण बैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ ।

प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रुस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्याण्डलगायतका २२ मुलुकका ३६ खेलाडीहरुले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योञ्जनले जानकारी दिए ।
पौडी, साइक्लिङ र उकाली ओराली दौडिनु पर्न भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भएपनि उनीहरुको सहयोगी टोलीसमेत गरी ६५ जना सहभागि हुनेछ ।
नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । ३.८ किमि पौडीपछि १७५ किमि साइकल दौड सुरु हुनेछ ।
पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनःफर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ ।
उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै पुनःफर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्नगर्न करिव १ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]