3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा गत असोज र कात्तिकमा भएको नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनुपर्ने नगद पुरस्कार वितरण गरेको छ ।

राखेपले स्वर्ण पदक विजेताले पाउनुपर्ने वापतको हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको जनाएको छ ।
८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनुपर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।
राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको हो ।
हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । अब स्वर्ण जितेका ६३ खेलाडीले नगद पुरस्कार पाउन बाँकी छ ।
राखेपले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]