3 years ago
May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको एकल पुम्सेतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन पहिलो भएका हुन् ।
महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेश्रो भए । पुरुषमा एनटीएका आयुश ढुंगेल दोश्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकी तेश्रो बने ।
गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा एम्बासडरका कविर मगर पहिलो भए । उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे ।
२५ केजीमा एनटीएका प्रशान्त धमलाले एम्बासडरका सन्जिव जिरेललाई हराउदै स्वर्ण जिते । २८ केजीमा चन्द्रागिरीका समिर ठाकुरले शीर्ष स्थान हात पारे । समिरले फाइनलमा एनटीएका कुशल बाँस्तेलालाई पाखा लगाए ।
गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको महिला २० केजीमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटीएकी स्मारिका गौतमलाई पन्छ्याउदै पहिलो भइन् ।
२५ केजीमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङगी शेर्पाको चुनौती समाप्त पार्दै स्वर्ण चुमिन् । ३२ केजीमा एनटीएका भिजन तामाङले पुष्पलालका सुवास भुजेलमाथि जित रच्दै शीर्ष स्थान हात पारे ।
प्रतियोगिताको संघीय सांसद् सन्तोष चालिसेले निर्णायकलाई एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । प्रतियोगितामा गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी जम्मा २३ स्पर्धामा ३ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]