default_image

3 years ago

May 10, 2023

बीएनएको विजयी सुरुआत

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ ले पराजित ग¥यो । बीएनएकी स्मृति खत्रीले १२ अंक जोडिन् ।

सिनियर गल्र्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ र एचएचसीएले फेरिल्यान्डलाई २०–१२ ले हराए । नेपाल मोडेलकी चुनिमा गुरुङले ८, पृथ्वीकी बबिता घिमिरेले १४ र एचएचसीएकी प्रमिता लामाले ६ अंक जोडे ।

जुनियर ब्वाइजमा पनि बीएनएले जितका साथ यात्रा प्रारम्भ गरेको छ । बीएनएले पारामाउन्टलाई १८–८ ले पाखा लगायो । बीएनएका दिपेश पण्डितले ८ स्कोर गरे ।

जुनियर ब्वाइजमै फेरिल्यान्डले एचएचसीएलाई २४–१२ तथा ओडिसी इन्टरनेसनल एकेडेमीले सिद्धार्थ मोडेललाई १६–१० ले पन्छाए । फेरिल्यान्डका तेनिल खत्रीले १० तथा ओडिसीका मुकेश शर्माले ८ अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा नेपाल मोडेलले ओडिसीलाई १५–११ तथा पृथ्वीले स्काइलार्कलाई १४–११ ले पराजित गरे । प्रतियोगिताको टोखा नगरपालिकाअन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतमले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी छन् । फाइनल जेठ २ गते हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.