default_image

3 years ago

May 12, 2023

नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते जेठ दोश्रो सातादेखि

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शाखा डोजो नक्सालको २४औं बार्षिकोत्सवको अवसरमा आगामी जेठ दोश्रो सातादेखि नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सन्चालन हुने भएको छ ।

नेपाल कराते महासंघको तत्वाधन तथा नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार हुने प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, भुटान र ईजरायलका खेलाडीहरुले सहभागिता रहने छ ।

प्रतियोगितामा पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा –३३ –३५,–४०,–४५ ,एकल काता र पुरुष कै सिनियरतर्फ –५०,–५५,–६०,–६७–७५,–८४ किलो तौल समुह का साथै मास्टर्स ईभेन्टस र सिनियर एकल काता गरि १३ ईभेन्टसमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिलातर्फ जुनियर तथा क्याडेट –३३,–३५,–४०,४५ किलो, एकल काता र महिलाकै सिनियरतर्फ –४५,–५०,–५५,–६१ ,६७,+६८ किलो तौल समुह र एकल काता गरी १२ईभेन्टसका गरि कुल २५ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङगी ’ईश्वर’ ले जानकारी गराए ।

प्रतियोगितामा बिजेता खेलाडीले पदक तथा प्रमाण पत्र प्राप्त गर्नेछन भने टिम प्रथम हुनेले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन ।

त्यसैगरि उत्कृष्ट महिला तथा पुरुष खेलाडीले आकर्षक ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन भने उत्कृष्ठ मार्च पास टिम, उत्कृष्ठ अनुशासित टिम र उत्कृष्ठ फेयर प्ले टिम लाई आकर्षक ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ ।

बिगत २४ बर्ष देखि निरन्तर रुपम बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगिता आयोजना गर्दै आईरहेको शाखा डोजो नक्सालको समग्रमा यो प्रतियोगिता २४ ओै तथा नवौ अन्तराष्ट्रिय कराते प्रतियोगिता हो ।

गत बर्ष सन्चालन भएको आठौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाल टिम प्रथम, भारत दोश्रो र भुटान तेश्रो भएका थिए । ३ दिन सम्म हुने यस प्रतियोगिता लैनचौर स्थित टिटि कभर्डहलमा सन्चालन हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.