default_image

3 years ago

May 13, 2023

आयोजक च्याम्पियन

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ मनमैजु दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको बालाजुले ४ स्वर्ण, ५ रजत र ३ कांस्य हात पा¥यो ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताको पुरुषमा जैशीदेवलका समिर तामाङ तथा महिलामा मनमैजुकी स्मारिका तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

सुरेन्द्र खड्गी उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीले जनही ५ हजार तथा प्रशिक्षकले ३ हजार नगद पुरस्कार हात पारे । विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव अचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न २३ स्पर्धामा करिब ३ सय खेलाडी सहभागी थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.