3 years ago
May 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपियन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् ।

कमलले चाइनिज क्रिएटिभमा स्वर्ण तथा वेपन्स फर्ममा कांस्य जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् ।
इङल्यान्डको ग्लोसस्टरमा भएको प्रतियोगितामा कमलले चाइनिज क्रिएटिभमा ८ खेलाडीलाई पछि पार्दै पहिलो स्थान हात पारेका हुन् । वेपन्स फर्ममा कमलसहित ७ खेलाडी सहभागी थिए ।
यसअघि कमलले इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत जितेका थिए । कमलको व्यवस्थापकमा नेपाल उमा कुङफु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई रहेका छन् ।
नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ कमलले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर उमा कुङफुसंगै राष्ट्रको गरिमा उच्च बनाउन सफल भएको बधाइ दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]