default_image

3 years ago

May 22, 2023

भारतको विजयी सुरुवात

469 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार भारतले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सानदार विजयी सुरुवात गरेको छ ।

भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदक परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको दोस्रो खेलमा भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ को सहज आत्मसात् गर्यो ।

यस सानदार जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ । बंगलादेश अंक विहीन छ । आज नै यही समूहमा घरेलु टोली नेपालले किर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्दै छ । खेल दिउँसो ४ः३० बजेपछि हुनेछ ।

आज नै उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरिसकेको छ । आज लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र काजकस्तानबीच खेल हुँदैछ ।

च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् ।

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।

खेलको पूरा भिडियो वहाँ हेर्नुहोस् :

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.