3 years ago
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल ब्लकर संगमले अर्का मिडल ब्लकर साफिया पुनलाई साथ दिइन् ।
शारीरिक रुपमा पातली भएपनि मिडल ब्लकर संगम महतो आफ्नो भुमिकामा अब्बल छिन् । चितवनकी संगम घरेलु भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् ।

आर्मीले पाएको सफलतामा उनको भुमिका निकै महत्वपूर्ण छ । राष्ट्रिय टोलीकै मिडल ब्लकर साफिया पुनले आर्मीमा स्पाइकरको भूमिकामा खेल्दा संगमले मिडल ब्लकरबाट खेल्दा आफूलाई त्यसमा अब्बल ठहराइन् ।
घरेलु भलिबल र प्रशिक्षणमा समेत सानदार प्रदर्शन गरेपछि उनी बेल्जियन जान डे ब्रान्टको नजरमा पर्न सफल भइन् ।
यता, दोस्रो सेटमा रिमा संगमकै स्थानमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरिन् । घरेलु भलिबलमा रिमा कुँवर होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्ने गर्छिन् ।
पर्वत फलेवासकी उनले न्यु डायमण्डले सहभागिता नजनाएको प्रतियोगितामा गण्डकी प्रदेशबाट समेत खेल्ने गर्छिन् । नवौं राष्ट्रिय खेलकुदमा उनले गण्डकीबाट खेलेकी थिइन् ।

बायाँ हाते अपोजिट हिटर उनी जुनसुकै बेला खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछिन् । उनले उच्च प्रदर्शनमा डायमण्डले घरेलु भलिबलमा थुप्रै सफलता हात पारिसकेको छ । त्यही सानदार प्रदर्शनलाई प्रशिक्षणमा पनि कायम राख्न सफल भएपछि उनी बेल्जियन प्रशिक्षक जान डे ब्रान्टको नजरमा पर्न सफल भएकी थिइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]