3 years ago
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ११ स्वर्ण, ११ रजत र ८ कास्यसहित दोश्रो बागमती प्रदेश प्रतियोगिता अन्तरगत पौडीमा पहिलो भएको छ ।

दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य जित्यो । पुरुषतर्फ ललितपुरका अनुभव सुब्बा र महिलामा काठमाडौंकी आर्या महर्जनले समान ३ स्वर्ण जितिन् ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५० मिटर ब्रेष्टस्ट्रोकमा ललितपुरका सेरेन सिंहले स्वर्ण हात पारे । काठमाडौकै जाडेन श्रेष्ठले रजत र गौरव लामाले कास्य पदक पाए ।
महिलामा काठमाडौंकी रोयल प्रजापतीले स्वर्ण, काठमाडौंकी अदिप्सा बैद्यले रजता तथा ललितपुरकी उपास्ती महर्जनले कास्य पाए ।
अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा भएको प्रतियोगिताको १०० मिटर ब्याकस्ट्रोक पुरुषमा काठमाडौंका जाडेन श्रेष्ठ र महिलामा काठमाडौकै आर्या महर्जनले स्वर्ण जिते ।
ललितपुरका अभिर प्रधान र काठमाण्डौका गौरव लामाले रजत र कास्य पाए । यस्तै महिलामा काठमाडौंकी राभ्या श्रेष्ठ र ललितपुरकी आर्जु थापा मगरले रजत र कास्य पाए ।
२०० मिटर फ्रिस्टायल पुरुषमा काठमाडौंका सनिल कुमार थापा मगरले स्वर्ण, काठमाडौंका युभान लाल श्रेष्ठले रजत तथा ललितपुरका उर्गेन महर्जनले कास्य पाए ।
महिलामा काठमाडौंकी आर्या महर्जनले स्वर्ण, काठमाडौंकी अदिप्सा बैद्यले रजत तथा ललितपुरकी श्रेवी मजर्हनले कास्य पाए । ५० मिटर बटरफ्लाईमा ललितपुरले एकलौटी बाजी मा¥यो ।
ललितपुरका अनुभव सुब्बाले स्वर्ण जिते । ललितपुरका अल्भिन महर्जन र सेरेन सिंहले रजत र कास्य पाए । महिलामा ललितपुरले तीन वटै मेडल हात पा¥यो । रोसा न्यौपानेले स्वर्ण, आर्जु थापा मगरले रजत र काभ्या श्रेष्ठले कास्य पाए ।
५० मिटर फ्रिस्टायल पुरुषमा ललितपुरले ३ वटै मेडल कब्जा ग¥यो । अनुभव सुब्बाले स्वर्ण, सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए ।
महिलामा काठमाडौंकी रोयल प्रजापतीले स्वर्ण, काठमाडौंकी आर्या महर्जनले रजत र ललितपुरकी उपास्ती महर्जनले कास्य पाए । १८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा पहिलो दिन ८ स्वर्ण र दोश्रो दिन १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]