default_image

3 years ago

May 27, 2023

मोन्टि नेपाल आएर दक्षिण अफ्रिका जाने

360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक मोन्टि देशाई नेपाल आएर दक्षिण अफ्रिका जाने भएका छन् । स्वदेश फर्किएका मोन्टि उतैबाट दक्षिण अफ्रिका जाने कार्यक्रम रहेपनि भारतबाट भिसा नलागेपछि नेपाल आएर जाने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘मोन्टिको उताबाट भिसा भएन । नेपाल बुधबार दक्षिण अफ्रिका जान्छ । त्यसैले मोन्टि नेपाल आएर जान्छन्’, चन्दले भने । उता क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले देशाइ सोमबार नेपाल आउने बताए । ‘मोन्टि सोमबार आउने कुरा छ । हामी बुधबार दक्षिण अफ्रिका जान्छौं । त्यहाँ दक्षिण अफ्रिका घरेलु टोलीसँग अभ्यास खेल्न कुरा पनि भएको छ । तर टुङ्गो भने लागेको छैन’, पाठकले भने ।

नेपालले दक्षिण अफ्रिकामा आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीको लागि जानेछ । नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । नेपालले अन्तिम टोली भने घोषणा गरेको छैन । एक साता अघि नेपालले २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको थियो । उक्त टोलीबाट नेपालले अन्तिम १५ सदस्य टोली घोषणा गर्दै दक्षिण अफ्रिका जानेछ । नेपालले भने मोन्टि बिनानै प्रशिक्षण गर्दै आएको छ ।

मोन्टि गत माघमा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको मुख्य प्रशिक्षकमा नेपालले ओडिआई मान्यता, विश्वकप छनोट र एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको छ । नेपालले दक्षिण अफ्रिकाबाट जेठ १८ मा जिम्बावे जानेछ । त्यसको एक दिनपछि नेपालले युएईसँग वार्मअप खेल खेल्नेछ ।

नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्नेछ । नेपाल जेठ १८ मा दक्षिण अफ्रिका जानेछ । एक हप्ताको तयारीपछि नेपाल जेठ २८ मा जिम्बावे लाग्नेछ ।

नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्ने कार्यक्रम छ । नेपालले विश्वकप छनोट अघि खेल्ने चारै वार्मअप खेल एसोसिएट टोलीविरुद्ध हुनेछन् । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् ।

समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ । नेपालले पहिलो खेल असार ३ मा (जुन १८) मा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ । शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

बन्द प्रशिक्षणमा बोलाएको नेपालको २२ सदस्य टोली :

कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल (मौसम) र अभिनाश बोहरा ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.