3 years ago
May 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसंग शनिबार छलफल भएको छ ।

चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसंग छलफल गरेको हो ।
सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो ।
सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धीमुलक बनाउन प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]