3 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङलाई एक स्ट्रोकले हराउँदै भारतका सुमित कोटवालले नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबमर भएको प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३–अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर सुवासले २–अन्डर ७० को कार्डसहित समग्रमा १२–अन्डर २ सय ४ सहित मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो भए ।
युवा गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ३–अन्डर ६९ को स्कोर बनाए । समग्रमा १०–अन्डर २सय ६ सहित तेस्रो भए । भारतीय बरूण मुथाप्पाले इभन–पार ७२ मा खेल सकउँदा समग्रमा २–अन्डर २ सय १४ सहित चौथो स्थानमा खेल सकाए ।
समग्रमा १–ओभर २ सय १७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्त रुपमा पाँचौ भए । समग्रमा ३–ओभर २ सय १८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए । उनले समग्रमा ३–ओभर २ सय १८ स्कोर गरे ।

त्यसैगरी समग्रमा १०–ओभर २ सय २६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैर सलिमले संयुक्तरुपमा १०औं स्थान बाँडे ।
दोस्रो दिनका लिडर भारतीय सुमितसँग अन्तिम १८ होलको सुरूवात गर्दा दुई स्ट्रोकको अग्रता थियो । सुमितले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए ।
पहिलो, तेस्रो र छैटौं होलमा एक–एक सट बचाए । तर दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे । यो स्कोरमा सुमितलाई सुवासले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछि समेत पारेका थिए ।

तर यसपछि ब्याक नाइनमा सुमितले १२औं, १३औं, १४औं र १५औं होलमा बर्डीको सफलता प्राप्त गरे । १७औं र १८औं होलमा एक–एक सट खेर फाले । ब्याक नाइन २–अन्डर ३४ मा पुरा गर्दै एक स्ट्रोकको जितका साथ च्याम्पियन बने ।
टिममा स्वर्ण जितिसकेका सुवासले व्यक्तिगततर्फ पनि स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । सोही अनुरूप फ्रन्ट नाइन २–अन्डर ३४मा सकाए । चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा एक सट खेर फाले ।
ब्याक नाइनमा सुवासले लय गुमाए । १२औं होलमा एक सट बचाए तर १७औं होलमा डबल बोगीको सामना गरे । यो नै हारको कारण बन्यो । यसपछि १८औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन इभन पार ३६मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए ।
सदभावले फ्रन्ट नाइन ३–अन्डर ३३ मा पुरा गरे । पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं होलमा बोगी खेपे । तर ५–पारको सातौं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १५औं होलको बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।
महिलातर्फ कश्मिरा शाहले उपाधि जितिन् । ४–ओभर ७६ को स्कोरमा उनले समग्रमा १८–ओभर २ सय ३४ सहित ५ स्ट्रोकको अग्रतामा उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भईन् । ६–ओभर ७८सहित समग्रमा २३–ओभर २ सय ३९ को स्कोर गरिन् । २ सय ७२ सहित आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् ।
प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कास्य पदक प्राप्त ग¥यो । यो प्रतियोगितामा सुवासले एक–एक स्वर्ण र रजत तथा सदभावले दुई रजत नेपाललाई दिलाए ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामाले पुरस्कृत गरे ।
नेपाल गल्फ संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका ५१ खेलाडीको सहभागिता रहेको थियो ।
प्रतियोगितालाई राष्ट्रिय खेलकूद परिषद्, बागमती प्रदेश खेलकुद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]