3 years ago
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् ।
पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, ६० केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा खुला तौलसमूहमा खेल हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
उद्घाटनका अवसरमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल ललितपुर जिल्लाका खेलाडीलाई पनि सम्मान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरु टीका भैरव मन्दिरको प्राङ्गणमा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]