default_image

3 years ago

June 1, 2023

एनएसए कप पौडी आइतबारदेखि

356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।

नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा आइतबार र सोमबार हुने जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खुल्ला समूहतर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताबाट चीनको होन्जाउ शहरमा सन २०२३ सेक्टेम्बर २३ देखी अक्टोवर ७ तारिक सम्म हने १९औं एशियाली खेल अन्तरर्गत पौडी प्रतियोगितामा नेपाली २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनौट गरिने संघले जनाएको छ ।

यस्तै पेरिस ओलम्पिककमा सहभागिता जनाउन जापानको फुकुहवा शहरमा हुने छनोट राउण्डको रुपमा वल्ड एक्वाइटिक च्याम्पियनसिपका लागि २ पुरुष र २ महिला तथा १ पुरुष र १ महिला वैकल्पिक खेलाडीहरुको अन्तिम छनोट रहेको संघले जनाएको छ ।

खेलाडीहरुको हौसला तथा मनोबल उच्च बनाउन संघले खुल्लातर्फ उत्कृष्ट १–१ महिला तथा पुरुष खेलाडीहरुलाई जनही १० हजारले सम्मानित गरिने छ । त्यस्तै सबै उमेर समूहका खेलाडीहरुलाई समान ३ हजार प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगितामा विराटनगर, विरगंज, नेपालगंज तथा उपत्ययकाका विभिन्न ३६ विद्यालयहरुले सहभागिता जनाउनेछन् । उमेर समूहको प्राप्त नतिजाको आधारमा उत्कृष्ट ३ विद्यालयलाई प्रथम, द्धितिय र तृतियको रुपमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने संघले जनाएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.