default_image

9 months ago

June 2, 2023

राष्ट्रिय रिङ रेस्लिङ भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच […]

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच विजेताले १ लाख, फिमेल म्याच विजेताले ८० हजार र लाइट वेट विजेताले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् । सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । कार्यक्रम प्रस्तोतामा जीवन तामाङ छन् ।

प्रवेश निःशुल्क रहेको एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

Success

Thank you for your time.