default_image

3 years ago

June 2, 2023

राहुल सेमिफाइनलमा

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे ।

टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित गोलेलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको संघीय सांसद उदयशमशेर राणाले एक कार्यक्रमबीच जुरी राजन गहतराजलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट करातेका स्वर्ण विजेता सुनिल घलान र उसुका राष्ट्रिय खेलाडी शिवजी सिलवाललाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.