default_image

3 years ago

June 3, 2023

नेपाल टिम च्याम्पियन

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने ।

पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला र पुरुष १०–१० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा अधिकांश सफलता नेपाली खेलाडीले पाए ।

नेपालले २१ स्वर्ण जित्दा भारतका खेलाडीले एक स्वर्ण जिते । प्रतियोगिताको पहिला दिन ६ स्वर्णको छिनोफानो भएको थियो । अन्तिम दिन शनिबार बाँकी स्पर्धा सम्पन्न भए ।

काठमाडौंको हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु–काइ कराते डो संघको प्राविधिक सहयोगमा सम्पन्न भएको प्रतियोगितामा भारत, कोलकाताको डोजो तथा विद्यालयका २० सहित २५० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

आयोजक नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमाल, बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता नबराज भट्टराई, अन्तराष्ट्रिय कराते रेफ्री राम लामा, नेपाल गोजुकाई कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमाल, कलकत्ता कराते क्लब गोजुकाई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक श्री ललित कुमार साव, नेपाल गोजुकाई कराते महासंघका सदस्य शुशीलराज उप्रेती, प्याब्सन टोखा नगर समितिका कोषाध्यक्ष महेश पाण्डे लगायतले पुरस्कार वितरण गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.