3 years ago
June 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विजय राई र अर्पणा तामाङले दोश्रो आईएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।

५५ केजी तौलसमूको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।
इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजी पुरुषमा राजेन्द्र तामाङ र महिलामा प्रजिना राई, ४५ केजीको पुरुषमा शेख रिज्वान र महिलामा शिवानी आले मगर तथा ५० केजीको पुरुषमा मोहम्मद इरफान शेख र महिलामा आरती लोप्चनले पहिलो स्थान हात पारे ।
पुरुष ६५ केजीमा महेन्द्र गजमेर तथा महिला ६० केजीमाथि अनुपा नेपालीले स्वर्ण चुमे । विजेतालाई संघीय सांसद् नारायण दाहाल, आयोजक संघकी अध्यक्ष अमृता थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार नगद पुरस्कार प्रदान गरियो । दुईदिने प्रतियोगितामा १ सय २५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]